Main News

आज प्रदेश १, गण्डकी प्रदेशका एक/दुई स्थानमा वर्षाको सम्भावना

हिमालय टिभी
२०७७ पुष २९ गते ९:२६
आज प्रदेश १, गण्डकी प्रदेशका एक/दुई स्थानमा वर्षाको सम्भावना

२९ पुस २०७७ काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न भागमा मौसम बदली रहने बताएको छ ।

विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नभए पनि आज बिहान देशको पहाडी भेगमा मौसम आंशिक बदली छ भने तराईमा हुस्सु र कुहिरो लागेको छ ।

महाशाखाले जारी गरेको नियमित बुलेटिनमा आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । यस्तै देशका विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आउनुका साथै तराईका केही भूभागमा हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशको तराईका भूभागमा आंशिक बदली साथै देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *