Main News
पृथ्वी जयन्ती मनाउन गएकाको टाउकोमा वर्सियो प्रहरीको लाठी (भिडियोसहित)
२०७७ पुष २७ गते १९:२३
२७ पुस, काठमाडौं । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज जनस्तरबाट विभिन्न कार्यक्रम गरी मनाइएकाे छ । २०६२ /६३ को जनआन्दोलन अघिसम्म पृथ्वी जयन्ती सरकारले नै औपचारिक कार्यक्रम गरेर मनाउँथ्यो । त्यसयता भने सरकारले सार्वजनिक विदा खारेज गरेर पृथ्वी जयन्ती मनाउन छाड्याे । आज सिंहदरबार अगाडी पृथ्वी जयन्ती मनाउन पुगेकासँग प्रहरीको झडप भयो । प्रहरीले सहभागीलाई लाठी हान्यो र टाउको फुटायो ।
प्रतिक्रिया