Main News

कोरोनाको खोप लगाउन १६ हजार केन्द्र बनाइने, प्राप्त भएको सातदिन भित्रै खोप लगाइने (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २७ गते १८:१८
कोरोनाको खोप लगाउन १६ हजार केन्द्र बनाइने, प्राप्त भएको सातदिन भित्रै खोप लगाइने (भिडियोसहित)

२७ पुस, काठमाडौं । सरकारले कोरोना विरुद्धको खोपका लागि १६ हजार खोप केन्द्र बनाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले खोप कार्यक्रमका लागि ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वंयसेविका परिचालन गरिने जानकारी दिनुभयो । खोप आयातका लागि काम भैरहेको बताउँदै मन्त्री त्रिपाठीले खोप आउनेमा ढुक्क हुन अपील गर्नुभयो । खोपको न्यायोचित वितरण हुने पनि उहाँले विश्वास दिलाउनुभयो । मन्त्री त्रिपाठीले खोप प्राप्त गरेको ७ दिनभित्रै खोप कार्यक्रम सुरु गर्न तयार रहेको पनि जानकारी दिनुभयो ।

निजी क्षेत्रलाई पनि खोप ल्याउनका लागि अनुमति दिइने मन्त्री त्रिपाठीले जानकारी दिनुभयो । खोपको वितरण सबैभन्दा पहिला मुख्य जोखिममा रहेका स्वास्थ्यकर्मी, अग्रपंक्तिमा खटिएका व्यक्ति, ५५ वर्ष उमेर माथिका र दीर्घ रोगीलाई दिईनेछ ।

नेपालमा छिमेकी राष्ट्रमा भन्दा धेरै पछाडि खोप लगाउनुपर्ने अवस्था नआउने पनि मन्त्री त्रिपाठीले दावी गर्नुभयो । रुस, भारत र युएईका राजदूतहरुसँग खोप ल्याउने सम्बन्धमा कुरा गरिसकेको र खोप उत्पादन गर्ने अन्य मुलुकहरुसँग पनि पहल भइरहेको मन्त्री त्रिपाठीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *