राजनीति

कृषिमा विदेशी लगानी गर्न पाइँदैन– वैद्य माओवादी

हिमालय टिभी
२०७७ पुष २७ गते १७:५५
कृषिमा विदेशी लगानी गर्न पाइँदैन– वैद्य माओवादी

२७ पुस, काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी क्रान्तिकारी माओवादीले कृषि क्षेत्रमा विदेशी लगानी खुला गर्ने सरकारी निर्णयको विरोध गरेको छ ।

ओली सरकारको यो निर्णयलाई जनघाती र राष्ट्रघाती भन्दै क्रान्तिकारी माओवादीले तत्काल खारेज गर्न माग गरेको छ । केन्द्रीय कमिटीको बैठकपछि महासचिव किरणले निकालेको विज्ञप्तिमा कृषि क्षेत्रमा विदेशी लगानी ल्याउँदा साना किसानको जीवन निर्वाहको बाटो नै समाप्त हुने र नेपाली कृषिजन्य व्यवशाय समेत विस्थापित हुने उल्लेख छ ।

क्रान्तिकारी माओवादीले प्रतिनिधिसभा विघटनको पनि विरोध गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदमलाई उसले गणतन्त्र, सङ्घीयता तथा धर्मनिरपेक्षताका विरुद्ध परिलक्षित निरङ्कुशतावादी तथा फासीवादी कदम भनेको छ । त्यस विरुद्ध संघर्ष अघि बढाउनुपर्ने पनि क्रान्तिकारी माओवादीको ठहर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्