Main News

नेपाल एकीकरणको जग बसाउन पृथ्वीनारायण शाहको अतुलनीय योगदानः राष्ट्रपति

हिमालय टिभी
२०७७ पुष २७ गते ७:४७
नेपाल एकीकरणको जग बसाउन पृथ्वीनारायण शाहको अतुलनीय योगदानः राष्ट्रपति

२७ पुस २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरणको जग बसालेको तथा विविध धर्म, संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सबल राष्ट्रिय एकता निर्माणमा पृथ्वीनारायण शाहको योगदान अतुलनीय रहेको बताउनुभएको छ ।

२९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गर्दै राष्ट्रपति भण्डारीले नेपाल एकीकरणका नायकको योगदानको स्मरण गर्नुभएको हो ।

गोरखाका राजा पृथ्वीनारायणले नेपाल एकीकरणको जग बसालेको भन्दै राष्ट्रपति भण्डारीले विविध धर्म, संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सबल राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधारभूमि नेपाल एकीकरणले तयार पारेको बताउनुभएको छ ।

पुर्खाको त्याग, बलिदान र समर्पणको जगमा निर्माण भएको राष्ट्रलाई समुन्नत बनाउने गहन दायित्व आज हाम्रो काँधमा आएको बताउँदै राष्ट्रपतिले आजको दिनले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, स्थिरता र समृद्धिका लागि सम्पूर्ण नेपालीलाई एकै सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *