राजनीति

राष्ट्रिय सभाको हिउँदे अधिवेशन सकियो

हिमालय टिभी
२०७७ पुष २६ गते १८:०१
राष्ट्रिय सभाको हिउँदे अधिवेशन सकियो

२६ पुस, काठमाडौं । राष्ट्रिय सभामा सांसदहरुले प्रतिनिधि सभा विघटनको चर्को आलोचना गरेपछि सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिले अधिवेशन अन्त्य भएको भन्दै पठाएको सूचना आजै राष्ट्रिय सभामा प्रस्तु गर्दै अधिवेशन अन्त्य भएको घोषणा गरिएको हो ।

१७ गतेदेखि शुरु भएको राष्ट्रिय सभाको यो अधिवेशनमा आजसमेत जम्मा चार वटा मात्र बैठक बसेका छन् । सबैजसो बैठकमा सांसदहरुले प्रतिनिधि सभा विघटनको आलोचना गर्दै आएका थिए । त्यसैले सरकारले यति छिट्टै अधिवेशन अन्य गरेको हो । संसदको अधिवेशन आव्हान र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्