राजनीति
ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले रवीन्द्र मिश्रलाई दिए यस्तो धम्की
२०७७ पुष २६ गते १२:२२
२६ पुस, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दा उहाँका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आफूलाई धम्की दिएको बताउनु भएको छ ।
नेकपा ओली समूहले गत शुक्रबार धनगढीमा आयोजना गरेको सभालाई संकेत गर्दै अध्यक्ष मिश्रले संविधान कुल्चिने, काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न पनि हजारौं नागरिक भेला हुने भनेर शनिबार राति सामाजिक सञ्जालमार्फत कटाक्ष गरेपछि सल्लाहकार रिमालले सामाजिक सञ्जालमार्फत नै मिश्रलाई ‘सीमामा बस्न’ चेतावनी दिनु भएको हो ।
जवाफमा अध्यक्ष मिश्रले देशको प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले सीमामा बस्नु भनेर धम्कीपूर्ण भाषा प्रयोग गर्नु उपयुक्त नहुने टिप्पणी गर्नु भएको छ ।
प्रतिक्रिया