राजनीति
उल्टो हिँडेर संसद विघटनको विराध
२०७७ पुष २४ गते १६:४२

२४ पुस, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ नेबिसंघले आज संसद विघटनको विरोधमा उल्टो हिँडेर प्रदर्शन गरेको छ ।
नेविसंघका नेता तथा कार्यकर्ता काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्म उल्टो हिँडेका थिए ।
प्रतिनिधिसभा विघटन गरेर सरकार उल्टो बाटोमा हिँडेकाले यस्तो प्रदर्शन गरिएको नेविसंघले जनाएको छ । नेपाली कांग्रेसले पनि संसद विघटनको विरोधमा आन्दोलन गरिरहेको छ । कांग्रेसले आफ्ना भातृसंगठनलाई छुट्टै कार्यक्रम बनाएर सडकमा उत्रन निर्देशन समेत दिएको छ ।
प्रतिक्रिया