Main News
आज मुलुकभरको मौसम सफा रहने पूर्वानुमान
२०७७ पुष २४ गते ९:४१

२४ पुस २०७७ काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सामान्यतया सफा रहने जनाएको छ ।
तर प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ । ‘प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।’
मौसमविदका अनुसार शुक्रबार राति पनि प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ।
यसबाहेक अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने सूचनामा उल्लेख छ ।
अहिले बिहान प्रदेश १ को पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको छ र तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
प्रतिक्रिया