राजनीति

राष्ट्रपतिविरुद्ध अमर्यादित नारा लगाउने तीनजना प्रधानमन्त्रीलाई मुद्धा हाल्ने चेतावनी (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २३ गते १९:०२
राष्ट्रपतिविरुद्ध अमर्यादित नारा लगाउने तीनजना प्रधानमन्त्रीलाई मुद्धा हाल्ने चेतावनी (भिडियोसहित)

२३ पुस, काठमाडौं । राष्ट्रिय सभाका सदस्य डाक्टर विमल राई पौड्यालले राष्ट्रपति विरुद्ध अमर्यादित नारा लगाएको आरोपमा तीन जना पूर्व प्रधानमन्त्रीलाई मुद्दा हाल्ने चेतावनी दिनुभएको छ । राष्ट्रियसभा बैठकमा बोल्दै सांसद राईले प्रचण्ड नेपाल समूहले गरेको कार्यक्रममा राष्ट्रपति विरुद्ध अमर्यादित नारा लगाएकोमा आपत्ति जनाउनुभयो । माफी नमागे पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल विरुद्ध मुद्दा हाल्ने उहाँले चेतावनी दिनुभयो ।

गत पुष १४ गते प्रचण्ड नेपाल समूहले प्रतिनिधिसभा विघटन विरुद्ध गरेको प्रदर्शनमा राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध गर्दै अमर्यादित र अशोभनीय नारा लागेको थियो । राष्ट्रपतिबाट मनोनित सांसद डाक्टर राईले प्रचण्ड नेपाल समूहका नेता भीम रावलले नबोलेको विषय पनि सदनमा उठाउनुभयो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि रावलले बोल्दै नबोलेको विषयमा टिप्पणी गर्दै आलोचना गर्नुभएको थियो ।

भिडियोका लागि यहाँ क्लीक गर्नुहोस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्