Main News

राष्ट्रिय सभाको बैठक आज बस्दै

हिमालय टिभी
२०७७ पुष २३ गते ७:४३
राष्ट्रिय सभाको बैठक आज बस्दै

२३ पुस २०७७ काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशी आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची छ ।

यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनाले राष्ट्रिय सभाअन्तर्गतका विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्नुहुने छ ।

नियमित कार्यसूचीका साथै सांसदले संसद विघटनपछि देशको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *