Main News

उपत्यका बासिन्दाका लागि कोरोना महामारीभन्दा वायु प्रदुषण खतरनाकः विज्ञ

हिमालय टिभी
२०७७ पुष २३ गते ७:४०
उपत्यका बासिन्दाका लागि कोरोना महामारीभन्दा वायु प्रदुषण खतरनाकः विज्ञ

२३ पुस २०७७ काठमाडौं । काठमाडौँ उपत्यकावासीका लागि कोरोना भाइरसको महामारीभन्दा वायु प्रदूषण खतरनाक रहेको विज्ञहरुले बताएका छन् ।

समयमै सरकारले वायु प्रदूषण कम गर्न स्पष्ट नीति र योजना नल्याए काठमाडौँ उपत्यकाको स्थिति भयावह हुने विज्ञहरुको चेतावनी छ ।

उपत्यकामा बर्सेनी वायु प्रदूषण बढ्दै गएको श्वासप्रश्वास्सम्बन्धी रोगका विज्ञ डा अषेश ढुङ्गानाले बताउनुभयो। वायु प्रदूषणका कारण मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मुटुका रोगीको सङ्ख्या बढ्दै गएको उहाँको भनाइ छ ।

काठमाडौँमा दिनहुँ सवारीसाधन थपिँदै गएको, कलकारखाना सञ्चालन हुनेक्रम बढ्दै गएको, विकास निर्माणका कामले गति लिँदा वायु प्रदूषण बढ्दै गएको हो ।

वायु प्रदूषण कम गर्न तथा हुन नदिन नेपालले समय समयमा विभिन्न सन्धि सम्झौतामा हस्ताक्षर गर्दै आए पनि कार्यान्वयनको पाटो निकै कमजोर छ ।

नेपालमा बर्सेनी वायु प्रदूषणका कारण ४० हजार व्यक्तिले ज्यान गुमाउने गरेको ढुङ्गानाको भनाइ छ । वातावरण विज्ञ भूषण तुलाधरले वायु प्रदूषण कम गर्न सरकार र आम नागरिक सचेत हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *