राजनीति

प्रचण्ड–नेपाल निकट अनेरास्ववियूको लालटिन जुलुसमा जे देखियो (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २२ गते १९:१६
प्रचण्ड–नेपाल निकट अनेरास्ववियूको लालटिन जुलुसमा जे देखियो (भिडियोसहित)

२२ पुस, काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोध गर्दै नेकपाको प्रचण्ड नेपाल समूह निकट अनेरास्ववियूले काठमाडौंमा लालटिन जुलश निकालेको छ । माइतीघर मण्डलबाट निस्किएको जुलश नयाँ बानेश्वरसम्म पुगेको थियो । जुलुसका सहभागीले संविधानमा संसद विघटन गर्ने धारा कहाँ छ भनि प्रश्न गरेका थिए ।

‘दिउँसै लाल्टिन बाल्दा पनि देखिएन है,
संविधानमा संसद विघटनको धारा खै’

कालो ब्यानरमा लेखिएको यही नारा लगाउँदै र लालटिन बाल्दै विद्यार्थी प्रतिनिधि सभा विघटनका विरोधमा उत्रिए । उनीहरुको दावी छ संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा भंग गरेपछि त्यसको विरोधमा काठमाडौंसहित देशभर दैनिक जसो प्रदर्शन भैरहेको छ ।

नेकपाका प्रचण्ड–नेपाल समूह, नेपाली कांग्रेस, जसपालगायत दलले प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै विरोध गर्दै आएका छन् । प्रधानमन्त्रीको कदम सच्चिनुपर्ने भन्दै नेकपाका प्रचण्ड–नेपाल समूहको अनेरास्ववियूले आन्दोलन नै घोषणा गरेको छ । त्यै घोषणा अनुसार नेकपाको प्रचण्ड नेपाल समूहका विद्यार्थी दिउसै लालटिन बालेर सडकमा उत्रिए ।

उनीहरु माइतीघर मण्डलाबाट नाराबाजी गर्दै अघि बढे । नयाँ बानेश्वर पुगेर उनीहरु यसरी धर्नामा बसे । संसद पूनस्थापना नभएसम्म आन्दोलन जारी राख्ने अनेरास्ववियूको चेतावनी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्