Main News

काठमाडौं उपत्यकामा मर्निङ वाकमा ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

हिमालय टिभी
२०७७ पुष २२ गते ७:३६
काठमाडौं उपत्यकामा मर्निङ वाकमा ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

२२ पुस २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा मर्निङवाक नगर्न आग्रह गरेको छ ।

अत्यधिक वायु प्रदुषणले जनस्वास्थ्यमा असर पर्न सक्ने भन्दै मन्त्रालयले मर्निङ वाक नगर्न सर्वसाधारणमा आग्रह गरेको हो । मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्नेहरुका लागि केही दिन घर बाहिर ननिस्कन मन्त्रालयले आग्रह गरेको हो ।

बाहिर निस्कनै पर्ने अवस्थामा मास्कको अनिवार्य प्रयोग गर्न र कोभिड १९ का लागि तोकिएका जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न पनि अपिल गरेको छ ।

धुलो धुवाँ उड्ने खालका पेसा, व्यवसाय, निर्माण कार्यहरु केही दिनलाई स्थगन गर्न र काम शुरु गर्नु पर्ने अवस्थामा धूलो धुवाँ नउड्ने वा कम हुने व्यवस्थाहरु गर्न पनि अपिल गरिएको मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले बताउनुभयो ।

हिजोको एअर क्वालिटी इन्डेक्स एक्यूआई ४ सय ८७ भन्दामाथि पुगेको थियो । दुई दिनदेखि धुम्म रहेको देशका अधिकांक्ष क्षेत्रको आकास भने आजदेखि खुल्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद डा बरुण पौडेलका अनुसार सुदूरपश्चिम र पूर्वी पहाडी क्षेत्रबाहेक अन्यत्रको मौसम आज दिउँसोदेखि खुल्दै जानेछ । मौसम खुलेसँगै वायु प्रदुषण कम हुँदै जानेछ भने चिसो बढ्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *