पर्सीसम्म मौसम खराब रहने, उच्च पहाडी क्षेत्रमा हिमपात जारी

२० पुस २०७७ काठमाडौं । देशका धेरैजसो स्थानमा मौसम बदली भएको छ । केहि स्थानमा हल्का वर्षा भएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।
पश्चिमी वायुमा विकसित भएको निम्नचापीय प्रणालीको प्रभावका कारण देशका धेरैजसो भूभागमा मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य बदलि रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात हुने छ ।
आज राति पनि देशभर बदलि रही उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात हुने र अन्य स्थानमा हल्का वर्षाको सम्भावना छ । यस्तै भोलि र पर्सि पनि आजको जस्तै मौसम रहने महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि आज बिहानैदेखि घाम लागेको छैन् । विहान हल्का पानी परेको थियो । काठमाडौं उपत्यकालाई पूर्ण रुपमा बादलले ढाकेकोले खासै चिसो महसुस भने भएको छैन् ।
प्रतिक्रिया