राजनीति

प्रधानमन्त्री झन अराजक बन्दै : पिलाेदेखि प्रचण्ड-नेपाल शहीद नभएकाेसम्मका टिप्पणी (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २० गते ६:०८
प्रधानमन्त्री झन अराजक बन्दै : पिलाेदेखि प्रचण्ड-नेपाल शहीद नभएकाेसम्मका टिप्पणी (भिडियोसहित)

२० पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक पदिय मर्यादाको समेत ख्याल नराखी तल्लोस्तरका अभिव्यक्ति दिन थाल्नुभएको छ ।

मुलुकको कार्यकारी प्रमुखको मर्यादा समेत नराखेको भन्दै सामाजिक संजालमा प्रधानमन्त्रीको आलोचना भइरहेको छ । तर प्रधानमन्त्रीलाइ यसले कुनै असर गरेको छैन । उहाँ झन हौसिन थाल्नुभएको छ । आज काठमाडौंमा भएको अनेरास्वियुको कार्यक्रममा पनि प्रधानमन्त्रीले त्यस्तै अभिव्यक्ति दिनुभएको छ ।

आफू निकट विद्यार्थी संगठन अनेरास्ववियूका कार्यकर्तालाई यसरी प्रशिक्षण दिँदै हुनुहुन्थ्यो प्रधानमन्त्री केपी शर्मा ओली । तर आफैले अरुलाई शिक्षा दिँदा त्यसमा आफू भने अडिग रहन सक्नुभएन । प्रधानमन्त्री ओली भर्खर आफूबाट अलग भएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका नेतामाथि खनिनुभयो । र विभिन्न आरोप लगाउनुभयो । ती मध्ये केही आरोप यस्ता छन ।

देश विरोधी
प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार प्रचण्ड–नेपाल लगायतका नेताहरु देश विरोधी हुन, किनकी आफूले भारतले मिचेको जमिन फिर्ता ल्याउन नक्सा जारी गरेकैले विरोध भएको हो । ओलीको दावी छ –अरु देश विरोधी र म देशभक्त हुँ ।

सुखी नेपाली समृद्ध नेपाल विरोधी
प्रधानमन्त्रीले बारम्बार भन्दै आउनुभएको छ, समृद्ध नेपाल र सुखी नेपाली बनाउँछु । तर यसमा आफ्नै पार्टीका नेताले साथ नदिएको उहाँको आरोप छ । किन साथ दिएनन भन्ने पनि उहाँको आफ्नो बुझाई छ । किनकी प्रचण्ड नेपाल लगायतका नेताहरु यसका विरोधी हुन् ।

हरियो सर्प
ओलीले प्रचण्ड नेपाल लगायतका नेतालाई लगाएको अर्को आरोप हो, घाँस भित्रको हरियो सर्प । केही दिन अघि वरिष्ठ नेता झलनाथ खनालले ओलीलाई गोमन सर्प भन्नुभएको थियो, यसपटक ओलीले उहाँहरुलाई हरियो सर्पको संज्ञा दिनुभयो । अनुसार प्रचण्ड नेपाल लगायतका नेताले कम्यूनिष्ट आन्दोलन समाप्त गर्ने काम गरेको ओलीको आरोप छ ।

प्रचण्ड-नेपाल फोहोरी
बोल्ने क्रममा ओलीले अराजनीतिक टिप्पणी पनि गर्नुभयो । प्रचण्ड नेपाल लगायतका नेताहरुलाई शहीद भएको भए श्रद्धाञ्जली दिनुहुन्थ्यो । तर शहीद होईन, तपाइँहरु फोहोर हो भन्न भ्याउनुभयो ।

पिलो
प्रधानमन्त्री ओलीको नजरमा प्रचण्ड नेपाल लगायतका नेताहरु पिलो हुन, उनीहरुको बहिर्गमनले कुनै असर पर्दैन । बरु आन्दोलन अघि बढ्छ भन्ने ओलीको दावी छ ।

सुकेका पात
ओलीले प्रचण्ड नेपाल समूहलाई सुकेका पातको पनि संज्ञा दिनुभयो । जसको कुनै अर्थ छैन । किनकी यो रेसमा आफू बस भएको र राजमार्गमा गुडिरहेको उहाँको दावी छ ।

पदलोलुप, परिवारवादी
प्रचण्ड नेपाल समूहप्रति आक्रामक हुने क्रममा ओली यतिमै रोकिनुभएन । प्रचण्ड, नेपाल खनाल लगायतका नेतामाथि पदलोलुप र परिवारवादी भएको आरोप लगाउनुभयो ।

म दिने अरु लिने
प्रचण्ड नेपाल लगायतका नेताहरुमाथि खनिने क्रममा आक्रोम मात्रै होईन, प्रधानमन्त्रीमा अहंकार पनि देखियो । किनकी एउटै पार्टी छँदा पनि अरु हात थाप्ने र म दिने हुँ भन्ने देखियो । यो अभिव्यक्तिले त्यही पुष्टि गर्छ ।

प्रधानमन्त्रीले जति पटक प्रचण्ड नेपाल लगायतका नेताहरुमाथि हमला गर्नुभयो, त्यतिनै पटक ताली बजिरह्यो त्यो पनि उत्साहका साथ ।

प्रतिक्रिया

One thought on “प्रधानमन्त्री झन अराजक बन्दै : पिलाेदेखि प्रचण्ड-नेपाल शहीद नभएकाेसम्मका टिप्पणी (भिडियोसहित)

  1. लाल बुझाक्कदहरुको कारण प्रधानमन्त्री अराजक बन्दै गैराखेका छ्न । बोल्ने भन्दा पनि बुझ्ने वाला यसमा दोषी देख्दा छु । यसले के बोल्दै छ सहि बोल्दै छ कि गलत त्यति पनि छुट्याउन नसकी हावाको तालमा पररर ताली बजायो हुतिङ्ग गर्‍यो बस्यो । तिमीहरूको बुद्धि !!

Leave a Reply to Gaya prasad Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्