राजनीति

नेकपा प्रचण्ड–ओली समूहद्वारा सांगठनिक कार्यविभाजन कार्यदल गठन

हिमालय टिभी
२०७७ पुष १९ गते १८:२७
नेकपा प्रचण्ड–ओली समूहद्वारा सांगठनिक कार्यविभाजन कार्यदल गठन

१९ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले पार्टीभित्रको सांगठनिक कार्य विभाजन गर्न कार्यदल गठन गरेको छ ।

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको हो । कार्यदलले प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारीहरु, केन्द्रीय संगठनहरु, मोर्चा संगठनका पदाधिकारीहरु र सांगठनिक एकीकरणका बाँकी कामहरु सम्पन्न गर्ने अधिकार पाएको छ ।

पत्रकारहरुलाई बैठकका निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले सांगठनिक काम गर्न अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल बनेको र भोलि बस्ने बैठकले कार्यदललाई अन्तिम रुप दिने बताउनुभयो ।

बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनको रक्षाका लागि दृढतापूर्वक अघि बढ्न सबै नेता कार्यकर्तालाई अपील गर्नुभएको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

बैठकमा सरकारले प्रतिनिधि सभा विघटन गरी चालेको असंवैधानिक कदमलाई असफल पार्ने विषयमा छलफल भएको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

बैठकले प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतानित्रक कदमको विरुद्धमा भएका सबै पार्टीहरुसँग संयुक्त कार्यक्रम गर्न समन्वय गर्ने निर्णय समेत गरेको छ ।

स्थायी कमिटीको अर्को बैठक भोलि दिउँसो १२ बजे बस्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्