Main News

ओलीले आफैले बनाएको संविधान कुल्चिएः नेता भट्टराई

हिमालय टिभी
२०७७ पुष १८ गते १८:२७
ओलीले आफैले बनाएको संविधान कुल्चिएः नेता भट्टराई

१८ पुस १०७७ झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री ओलीले आफैले बनाएको संविधान कुल्चिएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाको प्रचण्ड–नेपाल समूहले झापाको विर्तामाडमा गरेको कार्यक्रममा बोल्दै नेता भट्टराईले संविधानमा संसद विगठन गर्न नसक्ने व्यवस्था राखिएकोमा अहिले स्वयंल त्यसको उल्लंघन गरेको बताउनुभयो ।

नेता भट्टराईले दल विभाजनसम्बन्धी मौजुदा कानूनका आधारमा सुर्य चिन्ह र झण्डा आफ्नो पक्षको हुने दाबी गर्दै सुर्य चिन्हबाट चुनाव जितेका स्थानीय तहमा प्रतिनिधि बनेका केही ब्यक्तिको पद खुस्कन सक्ने बताउनुभयो ।

एउटा चिन्हबाट चुनाव जितेको ब्यक्ति अर्को पार्टीमा लागे स्वतः कारबाही हुने भएकाले दल विभाजनसम्बन्धी कानून पढ्न स्थानीय तहका प्रतिनिधिलाई अनुरोध गर्नुभयो । भट्टराईले ओलीका कार्यकर्तालाई ओलीको राजनीतिक जीवन समाप्त भइसकेकाले उनलाई धेरै नउकास्न पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *