राजनीति

अदालतले संसद पुनर्स्थापना गर्दैन : प्रधानमन्त्री ओली (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १८ गते १६:५९
अदालतले संसद पुनर्स्थापना गर्दैन : प्रधानमन्त्री ओली (भिडियोसहित)

१८ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा विचाराधिन प्रतिनिधिसभा विघटन्सम्वन्धि मुद्दा प्रभावित हुने गरी आज पनि अभिव्यक्ति दिनु भएको छ ।

मुलुकका कार्यकारी प्रमुख रहेका प्रधानमन्त्री ओलीले आफु नै प्रतिवादी रहेको विचाराधिन मुद्दाबारे निरन्तर बोलिरहनुभएको छ । यसै क्रममा काठमाडौंमा आज कार्यकर्ता भेलालाई ससम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनर्स्थापना नहुने ठोकुवा गर्नुभयो ।

प्रधानमन्त्री ओलीले कार्यकर्ता संरक्षण गर्न प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा पुनर्स्थापनाको हल्ला फैलाएको आरोप पनि लगाउनुभयो ।

अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको थाहा पाएपछि संसद विघटन गरेको प्रधानमन्त्रीले दाबी गर्नुभयो । आफ्नो कदमले प्रतिगमन रोकिएको पनि उहाँको दाबी छ । अदालत, निर्वाचन आयोगले सत्य तथ्य छुट्याउने पनि ओलीले विश्वास व्यक्त गर्नुभयो ।

प्रचण्ड–नेपाल समूहप्रति आक्रोशित देखिएका प्रधानमन्त्री ओलीले उखान टुक्काको सहारा लिँदै आक्रमण गर्नुभयो । चुनावमा प्रचण्ड –नेपाल पक्षको पत्तासाफ हुने दाबी पनि प्रधानमन्त्रीको छ ।

प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव समूहले घोषणा गरेको आन्दोलनप्रति समेत व्यंग्य गर्नुभयो । सिसीमा औषधि बेच्नेले पनि रत्नपार्कमा मानिस जम्मा गर्ने भन्दै उहाँले प्रचण्ड नेपाल पक्षको अवस्था पनि त्यस्तै रहेको उहाँको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्