Main News
थप ४१९ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु
२०७७ पुष १८ गते १६:५३
१८ पुस २०७७ काठमाडौं । नेपालमा पछिल्लो समय ४ सय १९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । छ जना सङ्क्रमितको मृत्यु भएको छ ।
पछिल्लो समय पाँच हजार जनाको पीसीआर परीक्षण गरिएकोमा ४ सय १९ जनामा सङ्क्रमण भएको हो । ७ सय ५० जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा दुई लाख ६१ ह्जार ४ सय ३८ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । पाँच हजार ७ सय ११ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
छ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८७० पुगेको छ ।
हाल ३ सय ६७ जना क्वारेन्टिनमा र पाँच हजार ७ सय ११ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया