बालबालिकाले प्रधानमन्त्रीलाई सोधे यस्ता प्रश्न (भिडियो)

१७ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज, बालबालिकासँग करिब दुई घण्टा बिताउनु्भयो । स्काउटले नयाँ वर्षको अवसरमा गरेको कार्यक्रममा बालबालिकाले प्रधानमन्त्रीसँग रमाइला प्रश्न गरे । हेरौं बालबालिकाका प्रश्न र प्रधानमन्त्रीको जवाफ ।
देश कस्तो बनाउन चाहानुहुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीको उत्तर यस्तो थियो । बालबालिकाले प्रधानमन्त्री ओलीलाई राजनीतिसँग सम्बन्धित प्रश्न पनि गरे । यो प्रश्नमा प्रधानमन्त्री ओलीले बालबालिकाले वयस्क भएपछि राजनीति गर्न र कपटरहित राजनीति गर्नुपर्ने बताउनुभयो ।
अहिले प्रधानमन्त्री ओलीको विरोध भैरहेको छ । एक बालिकाको प्रश्न यसैसँग सम्बन्धित थियो ।
जवाफमा प्रधानमन्त्री ओलीले स्वार्थले पट्टी बाँधेकाले मात्रै विरोध गरिरहेको दाबी गर्नुभयो ।
प्रधानमन्त्री ओलीलाई बालबालिकाहरुले एसिड आक्रमण, बलात्कार विरुद्ध सरकारले चालेका कदम, कानूनी व्यवस्था तथा कोभिड १९ व्यवस्थापनसँग सम्बन्धि प्रश्न पनि गरेका थिए ।
तर बालबालिकाले गरेका धेरै प्रश्न भने राजनीतिसँग सम्बन्धित थिए । यसले मुलुकको राजनीतिले भविष्यका कर्णधारमा कस्तो प्रभाव परेको छ भनेर पनि झल्किएको छ ।
प्रतिक्रिया