स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्ने ओम्नी समूहलाई सरकारले कालोसूचीबाट हटायो
१७ पुस २०७७ काठमाडौं । सरकारले ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेशनललाई कालोसूचीबाट हटाएको छ । स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको भन्दै ओम्नीलाई कालोसूचीमा राखिएको थियो ।
एक वर्षसम्म ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय गरेको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन महिना नबित्दै हटाएको हो ।
सर्वोच्च अदालतको मंसिर ७ को अन्तरकालीन अन्तरिम आदेश तथा कार्यालयको मंसिर १० को निर्णय बमोजिम कालोसूचीसम्बन्धी कारबाही स्थगन गरिएको कार्यालयका निर्देशक राजेश थापाले जानकारी दिनुभयो ।
स्वास्थ्य सेवा विभागको सिफारिसमा सार्वजनिक अनुगमन खरिद कार्यालयले २०२० सेप्टेम्बर १४ देखि २०२१ सेप्टेम्बर १३ सम्म कालोसूचीमा राख्ने निर्णय गरेको थियो।
यो अवधीमा ओम्नीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने जानकारी कार्यालयले दिएको थियो।
कोरोना संक्रमण तिब्र गतिमा बढ्न थालेपछि ओम्नीलाई महँगो मूल्यमा सामान ल्याउन सरकारले स्वीकृति दिएको थियो। तर यो खरिद प्रकरण चर्को विवादमा परेको थियो ।
प्रतिक्रिया