Main News
माघ ७ गते प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउने बागमती प्रदेश सरकारको निर्णय
२०७७ पुष १७ गते १४:४१
१७ पुस २०७७ काठमाडौं । बागमती प्रदेश सरकारले आगामी माघ ७ गते प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले माघ ७ गते अधिवेश बोलाउने निर्णय गरेको हो । मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध नेकपाको प्रचण्ड–नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरिसकेको अवस्थामा प्रदेश सभा बैठक राख्न सिफारिस भएको छ । नेकपाभित्र केन्द्रमा देखिएको विवाद प्रदेशसम्म पुगेको छ।
मुख्यमन्त्री पौडेललाई संसदीय दलबाट पनि हटाएर अष्टलक्ष्मी शाक्यलाई चयन गरेको प्रचण्ड(नेपाल पक्षले जनाएको छ । मुख्यमन्त्री पौडेलले अविश्वास प्रस्ताव सामना गर्ने बताइरहनु भएको छ ।
प्रतिक्रिया