खुल्यो अनलाइनमार्फत पुनः श्रम स्वीकृति
१७ पुस २०७७ काठमाडौं । वैदेशिक रोजगार विभागले अनलाइनमार्फत पुनः श्रम स्वीकृति खुलाएको छ।
विभागले एक सूचना जारी गर्दै अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृतिको काम आजदेखि खुला भएको जानकारी दिएको हो। बिदामा आएका वा विदेशमा रहेका श्रमिकले अनलाइनमार्फत नै पुनः श्रम स्वीकृति लिन पाउनेछन्।
विभागका अनुसार एकपटक आँखा वा औंठाछापको स्क्यान लिइसकेका श्रमिकले मात्रै अनलाइनमार्फत श्रम स्वीकृति लिन सक्नेछन् । श्रमिकले आफ्नो नवीकरणको स्टिकर आफ्नो इमेलमै प्राप्त गर्न सक्नेछ।
श्रम स्वीकृति लिन चाहने वैदैशिक रोजगारीमा कार्यरत नेपाली नागरिकले म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट नै आवेदन दिन सक्नेछन् ।
कोषको रकम अनलाइनमार्फत भुक्तानी गर्न मिल्ने र अनलाइन भुक्तानी गर्दा थप रकम नलाग्ने विभागले जनाएको छ ।
प्रतिक्रिया