Main News

कोरोना भाइरस फेला परेको एक वर्षः १८ लाखभन्दा बढीको मृत्यु

हिमालय टिभी
२०७७ पुष १६ गते ९:२३
कोरोना भाइरस फेला परेको एक वर्षः १८ लाखभन्दा बढीको मृत्यु

१६ पुस २०७७ काठमाडौं । आज डिसेम्बर ३१ तारिख, विश्वमा पहिलो पटक कोरोना भाइरस फेला परेको दिन । चीनको हुवेइ प्रान्तस्थित वुहान शहरमा आजकै दिन कोरोना भाइरसको संक्रमण फेला परेको भनेर बुझिन्छ ।

हुन त हालसम्म यसको उत्पत्ति कहिलेदेखि भएको हो भन्ने विषयमा कुनै तथ्य फेला परेको छैन । तर, विभिन्न अध्ययन अनुसन्धानमा वुहानमा देखिनुभन्दा पहिले नै कोरोना भाइरस पृथ्वीमा रहेको बताइएको छ ।

अझै यस विषयमा अध्ययन हुन बाँकी छ । सन् २०१९ को डिसेम्बर ३१ मा पहिलोपटक चीनको वुहानमा कोरोना भाइरसको संक्रमण देखिएको र पछि महामारीको रुपमा परिणत भएको हो । चीनको वुहान हुँदै मध्यपूर्वी मुलुक इरान, युरोपीय मुलुक इटली हुँदै विश्वभर नै फैलियो ।

हालसम्मको तथ्याङ्क हेर्ने हो भने कोरोनाका कारण ८ करोडभन्दा बढी सङ्क्रमित भइसकेका छन् भने १८ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । कोरोनाका कारण संक्रमित भएकामध्ये ५ करोड ८८ लाखभन्दा बढी स्वस्थ भइसकेका छन् ।

हिजोसम्म विश्वभर कोरोना भाइरस संक्रमित हुनेको सङ्ख्या ८ करोड ३० लाख ४३ हजार ६ सय १४ पुगेको छ ।

पछिल्लो २४ घन्टामा विश्वभर ६ लाख ९८ हजार ३ सय९६ नयाँ सङ्क्रमित थपिएका छन् । यस्तै हालसम्म कोरोनाका कारण सङ्क्रमित भएकामध्ये झन्डै ५ करोड ८८ लाख ५० हजार ९ सय ८८ जना स्वस्थ भएका छन् ।

यो दर कुल संक्रमितको ९७ प्रतिशत हो । हाल विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ करोड २३ लाख ८१ हजार ८ सय ८३ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *