Main News

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले राष्ट्रघात गरेः जनार्दन शर्मा (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १५ गते १८:३०
प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले राष्ट्रघात गरेः जनार्दन शर्मा (भिडियोसहित)

१५ पुस २०७७ काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रलाई एकता गराउन महत्वपूर्ण भूमिका खेलेका नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रघात गरेको आरोप लगाउनुभएको छ ।

पेरिसडाँडास्थित पार्टी कार्यालयमा आज सञ्चारकर्मीसँग नेता शर्माले प्रधानमन्त्री ओली सत्तामा पुगेपछि ‘आफू नै राज्य हुँ’ भन्ने मानसिकतामा लागेको दाबी गर्नुभयो । उहाँले प्रधानमन्त्री ओली राष्ट्रघात र कम्युनिष्ट आन्दोलनको विरुद्धमा लागेको समेत आरोप समेत लगाउनुभयो ।

नेता शर्माले नेताहरुले काम गर्न नदिएका कारण संसद विघटन गर्नुपरेको प्रधानमन्त्रीको अभिव्यक्ति गलत भएको बताउनुभयो । पार्टीले पाँचै वर्ष प्रधानमन्त्री र महाधिवेशनसम्म अध्यक्ष हुने भनेर निर्णय गरे पनि प्रधानमन्त्री ओली शक्ति केन्द्रको कठपुतलीमा बदलिएको आरोप लगाउनुभयो ।

जुनसुकै त्याग गरेर भए पनि प्रतिनिधिसभा पुनः स्थापना गरेरै छाड्ने नेता शर्माको दावी समेत छ । नेकपाको प्रचण्ड र नेपाल समूहले संसद पुनर्स्थापनाको माग राख्दै चरणबद्ध आन्दोलन गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *