आफू प्रतिवादी रहेको मुद्दामा प्रधानमन्त्रीको प्रतिक्रियाः संसद पुनर्स्थापना गर्न मिल्दैन (भिडियोसहित)
१५ पुस २०७७ काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । संसद पुनर्स्थापना हुने कि नहुने भन्ने अन्तिम निर्णय सर्वोच्च अदालतबाट हुन बाँकी छ ।
मुद्दाका एकजना प्रतिवादीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भने कुनै पनि हालतमा संसद पुनर्स्थापना नहुने दावी गर्नुभएको छ । काठमाडौंमा आफूले नेतृत्व गरेको नेकपाको सुदूरपश्चिमस्तरीय भेलामा बोल्दै प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापनाको व्यवस्था संविधानमा नै नभएको दावी गर्नुभयो ।
सर्वोच्च अदालत अघिनै संविधानको व्याख्या गरेका प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना किन हुँदैन भन्ने तर्क पनि अघि सार्नुभएको छ ।
बहुमत प्राप्त नेताका रुपमा आफूले संसद विघटन गरेको र सरकार बन्ने स्थिति पनि नभएकाले अब संसद पुनर्स्थापना हुने संभावना नै नरहेको प्रधानमन्त्री ओलीको तर्क छ ।
संसद विघटन प्रधानमन्त्रीको विशेषाधिकार भएको र आफूले त्यसै अनुसार संसद विघटन गरेको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो कदमको विरोध गर्ने कानुनविद्हरुप्रति आक्रोश व्यक्त गर्नुभयो ।
अबको विकल्प चुनाव मात्रै भएको र चुनाव हुने प्रधानमन्त्री ओलीको दावी छ । आफूलाई संघीयता र गणतन्त्र विरोधी भनिएकामा पनि प्रधानमन्त्रीले आक्रोश व्यक्त गर्नुभयो ।
प्रतिक्रिया