Main News

सरकारले विजनेश नदिए राष्ट्रिय सभाकोअधिवेशन लामो समय चल्दैनः अध्यक्ष तिमिल्सिना

हिमालय टिभी
२०७७ पुष १५ गते १४:५४
सरकारले विजनेश नदिए राष्ट्रिय सभाकोअधिवेशन लामो समय चल्दैनः अध्यक्ष तिमिल्सिना

१५ पुस २०७७ काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले विजनेश नदिए राष्ट्रिय सभाको अधिवेशनमा धेरै नचल्ने बताउनुभएको छ ।

प्रतिनिधिसभा नभएको र सरकारले विजनेश नदिए सदन धेरै दिन चल्न नसक्ने भन्दै अध्यक्ष तिमिल्सिनाले चिन्ता व्यक्त गर्नुभएको हो । राष्ट्रिय सभालाई विजेनश दिन अध्यक्ष तिमिल्सिनाको सरकारलाई आग्रह छ ।

राष्टिय सभाको अधिवेशन शुरु हुनु दुई दिन अघि अध्यक्ष तिमिल्सिनाको यस्तो धारणा आएको हो । अध्यक्ष तिमिल्सिनाले सबै राष्ट्रिय सभा सदस्यहरुलाई स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाउन पनि अपिल गर्नुभएको छ । बिहीबार राष्ट्रिय सभा सदस्यको कोरोना परीक्षणको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय सभाको अधिवेशन पुस १७ गते दिउँसो ४ बजेका लागि बोलाइएको छ । प्रतिनिधि सभा विघटनपछि पहिलोपल्ट बस्न लागेको राष्ट्रिय सभाको अधिवेशनलाई राजनीतिक वृत्त तथा आम नागरिक तहमा निकै चासो साथ हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *