Main News
नेपाल भ्रमणमा आएको उच्चस्तरीय चिनियाँ टोली स्वदेश फिर्ता
२०७७ पुष १५ गते १३:४४

१५ पुस २०७७ काठमाडौं । नेकपा विभाजनपछिको अवस्था बुझ्न काठमाडौं आएको चिनियाँ कम्युनिष्ट पार्टीको विशेष प्रतिनिधिमण्डल स्वदेश फर्किएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका उपमन्त्री नेतृत्वको टोली हिमालयन एयरलाइन्सको उडानमा आज बिहान कुन्मिङ प्रस्थान गरेको हो ।
टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका शीर्षा नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, कांग्रेस सभापति शेरबहादुर देउवालगायतसँग भेट गरेको थियो ।
नेकपामा विवाद बढेको बेला चिनियाँ टोली नेपाल आउनुलाई अर्थपूर्ण मानिएको छ । टोली बेइजिङबाट चार्टर्ड उडानमा आएको थियो ।
प्रतिक्रिया