Main News

संक्रमण घटेसँगै आइसीयू र भेन्टिलेटरमा उपचार गर्नुपर्ने बिरामी पनि घटे

हिमालय टिभी
२०७७ पुष १५ गते ७:२८
संक्रमण घटेसँगै आइसीयू र भेन्टिलेटरमा उपचार गर्नुपर्ने बिरामी पनि घटे

१५ पुस २०७७ काठमाडौं । देशभर कोरोनाका सक्रिय सङ्क्रमितको संख्या घटेसँगै आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिने बिरामीको संख्या पनि घटेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार देशभर २८८ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । जसअन्तर्गत २३५ जना आईसीयू र ५३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

परीक्षण कम भए पनि पोजिटिभ देखिने दर र अस्पतालमा भर्ना हुने संख्या पनि न्यून हुँदै गएको छ । यसलाई विज्ञहरूले नेपालमा कोभिडको पहिलो ‘वेभ’ सकिन थालेको र दोस्रो ‘वेभ’को उच्च जोखिम रहेको बताएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार २६ मंसिरयता संक्रमण घटदै गएको छ ।

त्यसयता दैनिक एक हजारभन्दा बढी संक्रमित देखिएका छैनन् । मन्त्रालयका अनुसार विगतमा परीक्षणको ३३ प्रतिशतसम्म पुगेको संक्रमणदर अहिले ११ प्रतिशतमा झरेको छ ।

नेपालमा एक हजार ४८२ वटा आईसीयू र भेन्टिलेटरमध्ये २८८ जना मात्रै त्यसमा उपचार भैरहेको छ । ५२ वटा सरकारी अस्पताल र २७ निजी अस्पतालबाट कोरोना संक्रमितको निःशुल्क उपचार हुँदै आएकोमा अब ५२ वटा सरकारी अस्पतालबाट मात्रै यो सेवा पाइने भएको छ ।

नेपालमा कोरोनाबाट २ लाख ५९ हजार ५ सय ४८ जना संक्रमित भएका छन् भने एक हजार आठ सय ४० जनाको अर्थात् कुल संक्रमितको शून्य दशमलव ७ प्रतिशतको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *