Main News

६१३५ जनामा परीक्षण गर्दा ७०८ जनामा कोरोना पुष्टि, थप ८ जनाको मृत्यु

हिमालय टिभी
२०७७ पुष १४ गते १६:३०
६१३५ जनामा परीक्षण गर्दा ७०८ जनामा कोरोना पुष्टि, थप ८ जनाको मृत्यु

१४ पुस २०७७ काठमाडौं । नेपालमा थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५९५४८ पुगेको छ ।

६ हजार १ सय ३५ जनाको पीसीआर गरिएकामध्ये ७ सय ८ जनाको नतिजा पोजेटिभ आएको छ ।

काठमाडौं १५६ महिला र १४२ पुरुष गरी ३९८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २० हजार ७७९ जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३२४ , ललितपुरमा ५२ र भक्तपुरमा २२ जनालाई कोरोना संक्रमण देखिएको छ।

कोरोना संक्रमणबाट नेपालमा थप ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८४० पुगेको छ ।

नेपालमा थप ७३१ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २५१३१२ पुगेको छ । हालसम्म क्वारेन्टिनमा ३ सय ६५ जना छन् भने ६ हजार ३ सय ९६ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *