Main News

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बोहरा पदमुक्त

हिमालय टिभी
२०७७ पुष १४ गते १४:०८
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बोहरा पदमुक्त

१४ पुस २०७७ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरिएको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानको धारा १६९ को उपधारा २ (ख) बमोजिम बोहरालाई आज पदमुक्त गरेको उहाँका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो ।

बोहरा नेकपामा केपी शर्मा ओली निकट मानिनुहुन्छ । प्रचण्ड–नेपाल समूहका मुख्यमन्त्री भट्टले बोहराको स्थानमा नयाँ मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ । ५३ सदस्यीय प्रदेशसभामा सभामुखबाहेक नेकपाका ३८ सांसद छन् ।

प्रदेशसभामा नेकपाको दाहाल–नेपाल समूह स्पष्ट बहुमतमा छ । प्रदेशसभामा बहुमतका लागि २७ सांसद चाहिनेमा दाहाल–नेपाल पक्षमा ३० भन्दा बढी छन् ।

प्रदेशसभामा नेपाली कांग्रेसका १२ र राजपाका दुई सांसद छन् । नेकपा केन्द्रमा विवाद पछिल्लो पटक प्रदेशसभामा पनि सरेको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पनि यसअघि प्रचण्ड–नेपाल पक्षका एक मन्त्री हटाउनुभएको थियो । मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेको छ ।

बागमति प्रदेशका मुख्यमन्त्रीविरुद्ध पनि प्रचण्ड–नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *