Main News

विभिन्न मागसहित चालकहरुद्वारा पठाओको कार्यालय तोडफोड (फोटो फिचरसहित)

हिमालय टिभी
२०७७ पुष १३ गते १४:५४
विभिन्न मागसहित चालकहरुद्वारा पठाओको कार्यालय तोडफोड (फोटो फिचरसहित)

१३ पुस २०७७ काठमाडौं । विभिन्न माग राखेर आन्दोलन गरिरहेका राइड सेयरिङ एप पठाओका चालकले आज मध्य बानेश्वरस्थित आफ्नै कम्पनीको कार्यालयमा तोडफोड गरेका छन् ।

११ बुँदे माग राखेर आन्दोलन गरिरहेका चालकले आज पठाओको कार्यालय घेराउ गर्नुका साथै तोडफोड समेत गरेका हुन् ।

चालक तोडफोडमा उत्रिएपछि नियन्त्रणका लागि प्रहरीले बल प्रयोग गर्नुपरेको थियो ।

पठाओले आफूहरुसँग धेरै कमिशन लिएको, बीमा नगरिदिएको र मन नपरेकालाई निस्काशन गरेको चालकले आरोप लगाएका छन् ।

पठाओले भने बीमालगायतका अधिकांश माग सम्बोधन भइसकेकाले आन्दोलनको अर्थ नभएको बताउँदै आएको छ । करिब साढे २ वर्षदेखि सञ्चालनमा आएको पठाओले दुई पाङ्ग्रे तथा ट्याक्सीमार्फत् यात्रु ओसार्ने र खाद्यान्न डेलिभरी सेवा दिँदै आएको छ ।

पछिल्लो समय राइड सेयरिङ सेवा दिने पठाओ र टुटलको लोकप्रियता बढदै गएको छ । पठाओ र टुटलमा ५० हजार बढी चालक आबद्ध छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *