Main News

कोरोनाविरुद्धको खोप ल्याउने तयारी, रकम र भण्डारण क्षमता अभाव

हिमालय टिभी
२०७७ पुष १३ गते १४:३३
कोरोनाविरुद्धको खोप ल्याउने तयारी, रकम र भण्डारण क्षमता अभाव

१३ पुस २०७७ काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप ल्याउने तयारी शुरु गरेको बताए पनि भण्डारण गर्ने क्षमता मात्रै नभएर बजेट पनि अभाव हुने देखिएको छ ।

सबै नागरिकका लागि खोप ल्याउन ४८ अर्ब लाग्ने भए पनि अहिलेसम्म कोषमा २० करोड रुपैयाँ मात्रै जम्मा भएको छ ।

कोरोना खोप तीन चरणमा ल्याउने तयारी छ । पहिलो चरणमा तीन प्रतिशत नागरिकलाई लगाउने लक्ष्य लिएको छ । तर, यही खोप पनि सामान्य चिस्यानमा राख्ने भण्डारण क्षमता छैन ।

स्वास्थ्य मन्त्रालयका अनुसार सामान्य चिस्यानमा राखिने खोप दुईदेखि आठ डिग्री सेन्टिग्रेड भण्डारण क्षमतासमेत सबै प्रदेशमा छैन । अहिले अन्यको तुलनामा फाइजरको खोप निकै अगाडि देखिएको छ ।

तर, यसको भण्डारण क्षमता नेपालमा असम्भव भएको स्वास्थ्य अधिकारी बताउँछन् । यो माइनस ७० डिग्री सेन्टिग्रेडमा तापक्रममा राख्नुपर्छ । तर, यो नेपालमा भण्डारण गर्ने क्षमता छैन ।

सरकारले खोप पाएको खण्डमा तीन चरणमा लगाउने कार्ययोजना बनाएको छ । पहिलो चरणमा सहुलियत मूल्यमा आउने खोप अग्रपंक्तिमा खटिनेहरुका लागि लगाइने छ ।

दोस्रो चरणमा दिर्घ रोगि र ५५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई लगाएपछि बल्ल १५ बर्ष माथिका आम नागरिकलाई लगाइनेछ ।

तर अहिलेसम्म सरकारले कोरोना भ्याक्सिन खरिद गर्न स्थापना गरेको कोरोना कोषमा २० करोड रुपैयाँ मात्रै जम्मा भएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार खोपका लागि ४८ अर्ब ८३ करोड ४२ रुपैयाँ आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *