Main News

दुई जना प्रहरीको हत्याका मुख्य अभियुक्त पक्राउ (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १३ गते १३:२१
दुई जना प्रहरीको हत्याका मुख्य अभियुक्त पक्राउ (भिडियोसहित)

१३ पुस २०७७ धनगढी । धनगढीमा दुई जना प्रहरीको हत्याका मुख्य अभियुक्त पक्राउ परेका छन् ।

हत्याका मुख्य योजनाकार भनिएका धनगढी उपमहानगरपालिका वडा नम्बर १० चकमेलीका ३० वर्षीय सुकबहादुर रानालाई प्रहरीले घटनाको अढाइ महिनापछि पक्राउ गरेर सार्वजनिक गरेको हो ।

गत कात्तिक १ गते नियमित गस्तीमा खटिएका अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या भएको थियो ।

सुकबहादुर लामो समयदेखि भारतको वनकट्टी र सरियापारबाट नेपालमा सामान भित्र्याउने र यहाँबाट अवैध रुपमा भारत सामान पठाउने कार्यमा संलग्न रहँदै आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *