राष्ट्रियसभाको अधिवेशन पुस १७ गतेका लागि आव्हान
१२ पुस २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्यवान गर्नुभएको छ । ।
राष्ट्रपति भण्डारीले नेपालको सं विधानको धारा ९३ को उपधारा १ बमोजिम पुस १७ गते शुक्रबार दिउँसो ४ बजेका लागि राष्ट्रिय सभा अधिवेशन आह्यवान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद्को शुक्रबार राति बसेको बैठकले संघीय संसद् राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
यसैबीच संसद सचिवालयले पनि सूचना निकालेर बैठकमा उपस्थित हुन राष्टिय सभा सदस्यहरुलाई अपील गरेको छ । संघीय संसदको प्रतिनिधिसभा भने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले विघटन गरिसक्नुभएको छ ।
पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । यसअघिको संसद् अधिवेशन असार तेस्रो साता अन्त्य भएको थियो ।
प्रतिक्रिया