Main News

संसद विघटन मुद्दामा सर्वोच्च अदालतको भर पर्ने ठाउँ छैनः अध्यक्ष डा. भट्टराई (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १२ गते १७:३१
संसद विघटन मुद्दामा सर्वोच्च अदालतको भर पर्ने ठाउँ छैनः अध्यक्ष डा. भट्टराई (भिडियोसहित)

१२ पुस २०७७ काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद विघटनको घटनामा सर्वोच्च अदालतको आदेशको भर गर्ने ठाउँ नरहेको बताउनुभएको छ ।

काठमाडौंमा गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका जसपा संघीय परिषद् अध्यक्ष डा. भट्टराईले सरकारको असंवैधानिक कदमविरुद्ध सर्वोच्च अदालतको आदेश आउनेमा भर पर्न नहुने बताउनुभएको हो ।

अदालत सारतत्वमा नजाने टिप्पणी गर्दै डा. भट्टराईले अदालतको ढाँचा परम्परावादी र प्रक्रियामुखी भएकाले अदालतसँग झिनो आशा भए पनि न्यायको पक्षमा फैसला हुनेमा ढुक्क हुने अवस्था नरहेको बताउनुभएको हो ।

अध्यक्ष भट्टराईले असंवैधानिक कदमका विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ढुलमुले चरित्र देखाइरहेको समेत बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमन चाहेको उल्लेख गर्दै उहाँले संसदमाथिको प्रहारमा मात्रै प्रधानमन्त्रीको कदम नरोकिने बताउनुभयो ।

डा. भट्टराईले देश अक्कडमा फसेको भन्दै सहज निकास गाह्रो भएको बताउनुभयो । उहाँले जनताको निहित सार्वभौंम सत्ता प्रयोग गरेर सभामुखले संसद बोलाउनुपर्ने बताउनुभयो ।

यस्तै जसपा नेता राजेन्द्र महतोले सरकारले पटकपटक प्रतिगमन गरेको टिप्पणी गर्नुभयो । अहिलेको प्रतिगमन केवल कुर्चीका लागि भएको उहाँको भनाइ छ । उहाँले प्रतिगमन नटिक्ने भन्दै जनताको अधिकार नमिच्न र संविधानमाथि आक्रमण नगर्न चेतावनी दिनुभयो ।

रोध सभामा संघीय परिषद अध्यक्ष डा. भट्टराई, नेता राजेन्द्र महतो, अशोक राई लगायतको उपस्थिति रहेको थियो । जसपाले संसद विघटनको बिरोधमा विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *