Main News

प्रतिनिधिसभाको निर्वाचन गराउनु पहिलो प्राथमिकताः मन्त्री साह

हिमालय टिभी
२०७७ पुष १२ गते १५:४४
प्रतिनिधिसभाको निर्वाचन गराउनु पहिलो प्राथमिकताः मन्त्री साह

१२ पुस २०७७ काठमाडौं । नवनियुक्त शहरी विकासमन्त्री प्रभु साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभा निर्वाचन गर्नु रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभा विघटन गर्ने निर्णयको विरोध गर्दै आएका साह शुक्रबार बिहानसम्म नेकपाको प्रचण्ड–नेपाल पक्षमा हुनुहुन्थ्यो ।

तर शुक्रबार गुट परिवर्तन गरेका साहले त्यही दिन बेलुकी शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउनुभयो । त्यै जिम्मेवारी आज सम्हाल्दै नवनियुक्त मन्त्री साहले सरकार तोकिएकै समयमा निष्पक्ष रुपमा चुनाव गराउन केन्द्रीत हुने बताउनुभयो ।

मन्त्री साहले मन्त्रालयले विकासको कामलाई प्रभावकारी बनाउने बताउनुभयो । कोरोना महामारी फैलिइरहेको अवस्थामा कोरोना महामारीबाट नेपाललाई अझै सुरक्षित गर्न थप सजगता अपनाउने उहाँको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *