Main News
खानेपानी र सरसफाईको अवस्था अध्ययन गर्ने नवनियुक्त मन्त्री थापाको निर्णय
२०७७ पुष १२ गते १५:३४
१२ पुस २०७७ काठमाडौं । नवनियुक्त खानेपानीमन्त्री मणिचन्द्र थापाले देशका ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाईको अवस्था अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेर मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ ।
खानेपानी मन्त्रालयमा मन्त्रीको जिम्मेवारी सम्हाल्दै उहाँले मन्त्रालयको काममा आफ्नो तर्फबाट कुनै प्रकारको दबाब नहुने बताउनुभयो ।
मन्त्री थापाले देशको समृद्धि, स्थायित्व तथा स्थायी सरकारको विषय मुख्य भएकाले देशलाई स्थिरतातर्फ लैजान कोशिस गर्ने बताउनुभयो ।
प्रतिक्रिया