Main News

संघर्ष समितिसँग वार्ता सरकारद्वारा समिति गठन

हिमालय टिभी
२०७७ पुष १२ गते १५:२९
संघर्ष समितिसँग वार्ता सरकारद्वारा समिति गठन

१२ पुस २०७७ काठमाडौं । सरकारले आन्दोलनरत नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिसँग वार्ताका लागि समिति गठन गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको हो । समितिमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतम र प्रशासन महाशाखाका प्रमुख दामोदर रेग्मी सदस्य हुनुहुन्छ।

पटक—पटक मन्त्रालयमा लिखित तथा मौखिक रूपमा स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राख्दै आएका स्वास्थ्यकर्मीले मन्त्रालयले बेवास्ता गरेको भन्दै देशभर आन्दोलन चर्काएका छन् ।

उनीहरुले राजधानीमा आज माइतीघरमा प्रदर्शन समेत गरेका छन।कोभिड लगायत जनताको अन्य जटिल रोगको सम्पूर्ण उपचार राज्यले निशुल्क गर्नुपर्ने जस्ता १८ बुँदे माग राख्दै उनीहरु आन्दोलनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *