नवनियुक्त ऊर्जामन्त्री रायमाझी भन्छन्–विदेशी लगानी अस्वीकृत गर्नु हुन्न, एमसीसी लागू गर्नुपर्छ (भिडियोसहित)

१२ पुस २०७७ काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागू गर्नुपर्ने बताउनुभएको छ ।
मन्त्रालयमा पदभार ग्रहण गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै नवनिय्ुक्त ऊर्जामन्त्री रायमाझीले कुनै पनि वैदेशिक लगानीलाई अस्वीकृत गर्न नहुने भन्दै एमसीसीलाई लागू गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको हो ।
उहाँले एमसीसी सम्झौतामा देशको स्वाभिमान कमजोर पार्ने विषय भएमा सच्याएर भए पनि कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘एमसीसीमा कतिपय सम्झौता गर्दाखेरी देशको स्वाभिमानलाई कमजोर पार्ने खालका बुँदाहरु छन् भने त्यसलाई सुधार गर्न सकिन्छ तर हामीले विदेशी लगानीलाई ल्याउन हुन्न भन्ने कुरा, यो अपराध नै हो, यो हाम्रो देश कोल्याप्स हुन्छ, हाम्रो देशमा आक्रमण हुन्छ भन्ने कुराहरुमा मलाई विश्वास छैन ।’
पछिल्लो समयका हरेक सरकारले एमसीसीलाई अनुमोदन गर्दै आएकाले पनि पास गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । एमसीसी लागू गर्न नसक्ने हो भने भारतसँग जोडने ट्रान्समिसन लाइन निर्माण हुन नसक्ने र यसले देशको ऊर्जा उत्पादनमा ठूलो नोक्सानी पु-याउने बताउनुभयो ।
प्रतिक्रिया