Main News
प्रदेश १ का मुख्यमन्त्री राईद्वारा आर्थिक मामिला तथा योजनामन्त्री आङ्बो बर्खास्त
२०७७ पुष ११ गते १९:१९

११ पुस २०७७ विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई बर्खास्द गर्नुभएको छ ।
मुख्यमन्त्री शेरधन राईले आज मन्त्री आङ्बोलाई पदमुक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनु भयो ।
पूर्व माओवादी नेता आङ्गबो अहिले प्रचण्ड–नेपाल समूहमा हुनुहुन्छ । मन्त्री आङ्बोले राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाउनु भएको थियो ।
त्यसैले उहाँलाई हटाइएको हो । प्रचण्ड नेपाल समूहले ओली समूहका राईविरुद्ध भोलि नै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया