Main News

संसद विघटनविरुद्ध नागरिकले लगाए नारा–‘समृद्धिको यात्रा, ओलीको गाइजात्रा’ (फोटो फिचरसहित)

हिमालय टिभी
२०७७ पुष ११ गते १७:१९
संसद विघटनविरुद्ध नागरिकले लगाए नारा–‘समृद्धिको यात्रा, ओलीको गाइजात्रा’ (फोटो फिचरसहित)

११ पुस २०७७ काठमाडौं । नागरिक समाजका अगुवाहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा सहभागीहरुले शंख बजाएर विरोध गरेका छन् । ‘प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलन’ लेखिएको ब्यानरसहित सहभागीहरुले शंख बजाउँदै संसद विघटनको विरोध गरेका हुन् ।

नेपालको संविधानमाथि प्रहार भएकाले विरोध प्रदर्शन गर्नु परेको बृहत नागरिक आन्दोलनमा सहभागी अधिकारकर्मीहरुले बताएका छन् । सरकारले संसद विघटन गरेर देशलाई प्रतिगमनतर्फ लगेको भन्दै सरकारको यो कदम संसद विघटन मात्रै नभई संविधानमाथिकै आक्रमण भएको उनीहरुको भनाइ छ ।

प्रदर्शनमा सहभागी नागरिक अधिकारकर्मीहरुले संविधानभित्रैबाट अहिलेको समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । प्रदर्शनमा ‘जो रक्षक उही भक्षक’, ‘संविधानमाथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर’, ‘संसद विघटनको दुस्साहस, लोकतन्त्रको उपहास’, ‘म नागरिक संविधानको पालक, नेताज्यू तपाईं नी ?’, ‘समृद्धिको यात्रा, ओलीको गाइजात्रा’, ‘संविधान माथिको प्रहार, इतिहासको ठूलो अत्याचार’ लेखिएका प्लेकार्ड प्रदर्शनकारीहरुले बोकेका थिए ।

बृहत नागरिक आन्दोलनले आगामी दिनका लागि थप आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ । नागरिक अगुवाहरुले पुस १८ गतेसम्म एक दिन बिराएर प्रदर्शन गर्ने कार्यक्रम तय गरेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *