Main News

तस्वीरमा हेर्नुस् राजसंस्था र हिन्दू राष्ट्र माग गर्दै राप्रपाले निकालेको र्‍याली

हिमालय टिभी
२०७७ पुष ११ गते १६:५२
तस्वीरमा हेर्नुस् राजसंस्था र हिन्दू राष्ट्र माग गर्दै राप्रपाले निकालेको र्‍याली

११ पुस २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ ।

राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको माग गदैं काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको हो । राप्रपाको यो र्‍याली बबहरमहलबाट शुरु भएर थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, जमलहुँदै दरबारमार्ग सम्म पुगेको थियो ।

र्‍यालीमा राप्रपाका अध्यक्षहरु कमल थापा, डा. प्रकाशचन्द्र लोहनी लगायतका वरिष्ठ नेताहरु सहभागि भएका छन् ।

राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै विभिन्न संघर्षका कार्यक्रम घोषणा गरिसकेको छ । पुस १७ गते उपत्यकामा बृहत प्रदर्शन गर्ने तयारी पनि राप्रपाले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *