Main News
हाम्रो टीम नेपालले बाँड्यो सडकमा बस्न बाध्य विपन्नलाई ब्लाङ्केट
२०७७ पुष ११ गते १३:४६

११ पुस २०७७ काठमाडौं । कोरोनाका कारण रोजगारी गुमाई भोकै परेकाहरुलाई खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले सडक पेटीमा बस्न बाध्य मानिसलाई ब्लाङ्केट वितरण गरेको छ ।
थापाथलीस्थित प्रसूति गृह पछाडि खाना खान आएकालाई हाम्रो टीमले न्यानो ब्लाङ्केट वितरण गरेको हो ।
जाडो समयमा विभिन्न दाताबाट प्राप्त भएको ब्लाङ्केट वितरण गरिएको हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले बताउनुभयो ।
कोरोनाका कारण गत चैत ११ गतेदेखि लकडाउन भएपछि रोजगारी गुमाएर खाना खान नपाएकालाई हाम्रो टीम नेपालले निःशुल्क खाना खुवाउँदै आएको छ ।
प्रतिक्रिया