Main News

बाँकेमा पछिल्लो ६ महिनामा ४ सय ६८ फरार अपराधी पक्राउ

हिमालय टिभी
२०७७ पुष ११ गते १३:४०
बाँकेमा पछिल्लो ६ महिनामा ४ सय ६८ फरार अपराधी पक्राउ

११ पुस २०७७ बाँके । बाँके प्रहरीले पछिल्लो ६ महिनामा ४ सय ६८ जना फरार अपराधी तथा अभियुक्तलाई पक्राउ गरेर अदालतमा बुझाएको छ ।

असारदेखि पुससम्म पक्राउ परेका ४ सय ६८ जनामध्ये अधिकांश अदालतबाट हत्या, अपहरण, बम विष्फोट, ज्यान मार्ने उद्योग, चोरी डकैती, बलात्कार, लागु औषध, सवारी ज्यानजस्ता जघन्य अपराधमा सजाय पाएका अपराधीहरु छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ अनुसार गत आर्थिक वर्ष २०७६–२०७७ मा बाँकेमा ५२ जना फरार अभियुक्त पक्राउ परेका थिए । तर चालु आर्थिक वर्षको ६ महिनामा गत वर्षको तुलनामा ९ गुणा बढी अर्थात ४ सय ६८ जना फरार अपराधी पक्राउ परेका छन् ।

बाँकेमा ६ महिनाको अवधिमा ६० जना अपराधीले जिल्ला अदालत बाँकेमा गएर आत्मसर्मपण गरेका छन् ।

अझै पनि बाँकेमा करिब २ हजार अपराधी फरार छन् । बाँके प्रहरीले खोजी तिब्र पारे पछि अपराधी भागेर भारतीय क्षेत्रमा पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *