Main News

आज मौसम सामान्यतया सफा रहने पूर्वानुमान

हिमालय टिभी
२०७७ पुष ११ गते ९:४०
आज मौसम सामान्यतया सफा रहने पूर्वानुमान

११ पुस २०७७ काठमाडौं । पूर्व र पश्चिमका केही क्षेत्रमा आंशिक बदली भए पनि मुलुकको अरु भागमा आज मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको सामान्य प्रभावका कारण केही क्षेत्रमा मौसम बदली हुने महाशाखाले जनाएको छ । अहिले तराईका भू–भागका थोरै स्थानमा बाक्लो हुस्सु–कुहिरो लागेको छ । अरु क्षेत्रको मौसम सामान्यतया सफा छ ।

आज दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम आंशिक बदली रहनेछ ।

चिसो रहिरहने तथा तराई र पहाडी भू–भागका केही स्थानमा बिहानीपख हुस्सु–कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *