राजनीति

ओली समूहले यसरी गर्‍यो प्रदेश सभा हल कब्जा (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष ११ गते ६:१९
ओली समूहले यसरी गर्‍यो प्रदेश सभा हल कब्जा (भिडियोसहित)

११ पुस २०७७ पोखरा । नेपाल कम्युनिष्ट पार्टी ओली समूहले गण्डकी प्रदेश सभा हल कब्जा गरेर भेला गरेको छ । पोखराको न्यूरोडमा रहेको प्रदेशसभा हलमा राष्टिय युवासंघका नाममा भेला गरिएको हो ।

ण्डकी प्रदेश सभा हल लेखिएको यहाँ अहिले प्रदेशसभा बैठक बसेको हैन् । यो दृश्य त नेकपाको ओली पक्षले आयोजना गरेको पार्टी भेलाको दृश्य हो ।

पार्टीको भेला त्यो पनि प्रदेश सभा भवनमा । हो गण्डकी प्रदेश सभामा आज त्यही भयो ।

यो कार्यकममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङ प्रमुख अतिथि हुनुभयो । पूर्वमन्त्री खगराज अधिकारी र संघीय सांसद महेश बस्नेत पनि कार्यक्रममा अतिथि हुनुभयो ।

मुख्यमन्त्रीलाई समेत प्रदेश सभा बैठक बस्ने ठाउँमा भएको पार्टीको भेलामा जान नैतिकताले रोकेन । पूर्व मन्त्री र संघीय सांसदलाई किन रोक्थ्यो ।

त्यसैले उहाँहरु गर्वका साथ यो भेलामा जानुभयो । भाषण गर्नुभयो । प्रदेशसभा बैठक बस्ने ठाउँबाट आफ्नै पार्टीको अर्को पक्षलाई गाली गर्नुभयो ।

नदीपुरमा रहेको प्रदेश सभाको स्थायी संरचना कोरोना प्रकोपका कारण साँघुरो भएको भन्दै पछिल्लो समय पोखरा सभागृहमा प्रदेश सभा बैठक सञ्चालन हुँदै आएको थियो ।

पोखरा महानगरपालिकाको स्वामित्वमा रहेको यो हल अहिले प्रदेश सभा सचिवालयले जिम्मामा छ । तर सचिवालयले प्रदेश सभाको मर्यादा राख्न सकेन । त्यसैले पार्टीको कार्यक्रम गर्न दियो । अहिले यो भेलालाई लिएर प्रश्न उठेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्