Main News

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् हेरफेर र विस्तार, ८ जना मन्त्री १ राज्यमन्त्री थपिए

हिमालय टिभी
२०७७ पुष १० गते २०:२६
प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् हेरफेर र विस्तार, ८ जना मन्त्री १ राज्यमन्त्री थपिए

१० पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर र विस्तार गर्नुभएको छ ।

पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ, मणि थापा खानेपानी तथा सरसफाई, प्रभू साह सहरी विकास र प्रेम आले वन तथा वातावराण मन्त्री भएका छन् ।

यसैगरी गणेश ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र गौरीशंकर चौधरी श्रम मन्त्री भएका छन् भने दावा लामा युवा तथा खेलकूद मन्त्री भएका छन् ।

जुलीकुमारी महतो महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भएकी छन् । उद्योग राज्यमन्त्री मोती दुगडलाई बिदा गर्दै विमला विकलाई उक्त जिम्मेवारी दिइएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पर्यटन र संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्य मन्त्री बनाइएको छ । कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फेलाई भूमिव्यवस्था मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठलाई कानून मन्त्री बनाइएको छ ।

भूमिव्यवस्था मन्त्री पद्मा अर्याललाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ । सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ शिक्षा मन्त्री भए । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई बिदा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *