Main News

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् पुनर्गठन, कोको बन्दैछन् मन्त्री ?

हिमालय टिभी
२०७७ पुष १० गते १९:०२
प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् पुनर्गठन, कोको बन्दैछन् मन्त्री ?

१० पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्दै सातजना मन्त्री थप्नुभएको हो ।

मन्त्रिपरिषद बैठकबाट राजीनामा दिएका ७ जनाको स्थानमा आज नियुक्ति गरिएको हो । नवनियुक्त मन्त्रीले राष्ट्रपतिको कार्यालय शीतल निवासमा सपथ लिँदैछन् ।

पूर्व माओवादी पक्षबाट टोपबहादुर रायमाझी, मणि थापा र प्रभु साह मन्त्री बन्ने तय भएको छ । यस्तै पूर्व एमाले पक्षबाट राजेन्द्र गौतम, प्रेम आले र गणेश ठगुन्ना मन्त्री बन्न लागेको बताइएको छ ।

रायमाझीले ऊर्जा र थापाले पर्यटन मन्त्रालय सम्हाल्ने तय भएको बालुवाटार स्रोतले जनाएको छ । केही मन्त्रीको विषयमा सहमति नजुटेकाले साढे ६ बजेको सपथ कार्यक्रममा ढिलाइ भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *